देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

देशान्तर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे भारत प्रस्थान गरेका हुन् । उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाले जनाएको छ । अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएको बताईएको छ ।
स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।