देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘एक चोटी त बोलिदेउ’ सार्वजनिक

देशान्तर

काठमाडौँ । गायक शिव परियारको स्वर रहेको नयाँ गीत ‘एक चोटी त बोलिदेउ’ सार्वजनिक भएको छ । एलिशा तिमल्सिनाको शब्द रहेको गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन् । संगीत संयोजन सचिन सिंहले गरेका छन् ।अकोष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजा बाबु चौधरी हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा गरिमा शर्मा, सुधिर श्रेष्ठ र सुशान्त ढकालले अभिनय गरेका छन् । गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका छन् भने उत्सव दाहलको छायांकन र विजेस पौडेलको सम्पादन रहेको छ । गायक तथा संगीतकार चक्रपाणि तिमल्सिनाले यस अघि सत्यराज आचार्यको स्वरमा रहेको “धेरै चोटी आफैसँग” गायक रामकृष्ण ढकालको स्वर रहेको “मान्छे किन जन्मन्छ?” गायिका सोफिया थापाको स्वरमा रहेको ‘विर्सेर पनि‘’ लक्ष्मण शेषको स्वरमा ‘आजदेखि साथी मैले’ जस्ता गीतमा संगीत भरेर सार्बजनिक गरिसकेका छन् भने ‘सम्बन्धको पर्खाल’ ‘म उद्यमी’ लगायतका गीतमा स्वर र संगीत दिएका छन् ।

बाल गायिका समृद्धि तिमल्सिनाको आवाज रहेको ‘माथि माथि हिउँचुली’ बोलको गीत र “भए पनि अफगान” बोलको गजलका संगीतकार पनि हुन् चक्रपाणि । सबैभन्दा सानो उमेरमा नेपाली गजल गाएकी सम्भवत पहिलो बाल गायिका हुन समृद्धि । गजलका रचनाकार प्रसिद्ध गीतकार लोकराज अधिकारी हुन् । संगीतकार तिमल्सिनाले नयाँ पुराना सबैजसो सर्जक र प्रस्तोतासंग काम गरिरसकेका छन् ।