काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा यस विषयमा विवाद नरहेको जिकिर छन् । भारतीय विदेशमन्त्री जयशंकरले यस विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको बताएका छन् ।
बिहीबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन् ।
भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपालको संसदमा चर्को विरोध भइरहेको छ ।
त्यस्तै बंगलादेशमा पनि यस विषयमा विरोध चर्किएपछि दिल्लीस्थित आफ्नो मिसनलाई भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया