काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् ।
सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद थिङलाई पार्टीको सचेतकमा मनोनयन गरेका हुन् ।
उनलाई नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १३ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाको सचेतकमा मनोनयन गरिएको देउवाको सचिवालयले जनाएको छ । सिन्धुलीकी नेता थिङ समानुपातिकबाट सांसद हुन् । संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक यसअघि नै मनोनीत भइसकेका छन् भने संसदीय दलको उपनेता पद अझै पनि रिक्त नै रहेको छ ।
प्रतिक्रिया