देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री

देशान्तर

अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्बीमा सकुशल फर्केका छन् ।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्बजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्केका हुन । उनीहरु बेइजिङ समय अनुसार हिजाे बिहान ६: ३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गरेक हुन ।

सो मिसनका कमाण्डर फेइ भने, ‘हामीले निर्धारित सबै काम पूरा गरेका छौं ।’ अमेरिका र रुस पछि चीनले पनि अन्तरिक्षमा आक्रमक अनुसन्धान सुरु गरिरहेका छ ।