देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियालाई पराजित गर्दै नेपालले जित्यो टी २० शृंखलाको उपाधि

देशान्तर

काठमाडौं ।  मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टीमले टी २० शृंखलाको उपाधि जितेको छ । शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो । चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो । तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३ -२ ले आफ्नो पक्षमा पार्‍यो ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो । जवाफमा दोस्रो इनिङमा नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो र शानदार जित निकाल्यो ।

नेपालको जितमा ओपनर सिता राना मगरले सर्वाधिक ३४ रन जोडिन् । कप्तान रुविना क्षेत्री २३ रन जोडेर आउट हुँदा अप्सरी बेगम र ज्याती पाण्डे ११ रनमा अविजित रहे ।