देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा

उपकोशा पति वियोगमा हासिन्


उपकोशा आमालाई भन्न के गरुँ भन्ने दोधारमा निर्णय गरी पहिले आफ्नै सखी उपकोशालाई नै भनेर उनको विचार जान्ने अठोट गरी । एक दिन बिहान फूलबारीमा फूल टिप्न जाँदा दुवै सँगै गए । त्यहाँ उसले भनी– “उपकोशा, तिमीलई एउटा कुरा भन्नु थियो ।”

उपकोशालो हाँसेर भनिन्– “तेरो मुहार लज्जायुक्त छ शिर पनि निहुरेको छ, तलाई कामबाँणले पीडा दियो कि क्या हो ?” सखीले अब बरु साँच्चिकै लाज मानेर भनी–छ्या बिहानबिहानै कस्तो कुरा गरेको ? यसले त तिम्रै अवस्था बिग्रेको बुझिन्छ ।

मेरी, तँलाई थाहा छैन, मेरो मनमा त्यस्तो कुनै विकार छैन भनेर म त अहिले माता सरस्वतीको भक्ति नै लिन रहन चाहन्छु । सुखीले भनी– तर अब त्यस्तो नरहँला, के भनेकी ? सुखीले भनी–उपाध्याय एका विद्वान शिष्य वरुचि भन्नेले तिमीलाई अत्यन्त मन पराएका रहेछन् । तिमीलाई देखेर, तिम्रो रूपमा लठ्ठ परेर तिमीसित विवाह–बन्धनमा तत्काल बाँचिन लालायित छन् । मैले मातासम्म उनको निवेदन पु¥याइदिन तर मैले विचार गरें, माताकहाँ पुग्नुअघि तिमीलाई बताउनु उचित छ ।

उपकोशाको मुख त्यसैले त लालिमायुक्त थियो, यस्तो सुनेपछि अनुहारमा लज्जाको लालिमा पनि थपियो । एकछिन उपकोशा बोलिन्, त्यसपछि बोलिन्– तँ के भन्छेस् ?

के भन्नु र त्यस्तो राजकुमारजस्ता दैदीप्यमान अनुहार भएका कामदेवका साक्षात् अवतारजस्ता, संसारका विद्वान, वररुचिलो ?

–छ्या, मैले त्यस्तो सोधेकी होइन, उत्ताउली मातालाई यो उनको प्रस्ताव पु¥याउने कि नपु¥याउने भन्ने कुरा लिएको । “ए…” सुखीले भनी– “त्यो त अपराध हुन्छ, खबर गरेन भने, भन्छ्यौ भने, माताजीलाई मै बिन्ती गर्छु ।” – ‘तैँले त हो नि” उपकोशाले भनिन्– “म बोल्न सक्छु त ?” त्यति सुन्नासाथ सखी दगुरिहाली । उपकोशाकी आमालाई तत्काल वररुचिले उपकोशासँग विचार गर्ने इच्छा गरेको खबर सुनाइहाली ।

उपकोशा वर्षका भाइ उपवर्षकी छोरी थिइन् । उपवर्ष पनि विद्वान थिए र उनलाई थाहा वररुचि एक ठूला विद्वान हुन् । त्यस्ता विद्वानलाई आफ्नी पुत्री दिन पाउने कुुराले उनी प्रसन्न भए । उनले त्यसैदिन अपराह्नमा आफ्नी पत्नीलाई बोलाएर आफ्नो स्वीकृति दिए ।

त्यसपछि केही दिन बितेको एक शुभमुहूर्तमा वररुचि र उपकोशाको विवाह सम्पन्न भयो । उपवर्षका दाइ वर्षको पाण्डित्यको ख्याति चारैतिर फिजिएको थियो । वर्षको मेधावी शिष्यमाध्ये एक शिष्य थिए, पापिनी । यो तिनै पाणिनी हुन् जसले पाणिनी व्याकरणको रचना गरेका थिए । आज पनि संसारमा उनको नाम चलेको छ । आजका व्याकरण पनि पाणिनी व्याकरणलाई वैज्ञानिक मान्दछन् । त्यस्ता पाणिनीसँग, एक पटक वररुचिको शास्त्रार्थ भयो । सात दिनसम्म चलेको त्यो शास्त्रार्थमा अन्त्यमा वररुचिले पाणिनिले पराजित गरे पनि, भगवान् शंकरको हस्तक्षेप र श्रापको कारण, विजयघोष अघि नै, वररुचिले आफ्नो सबै विधा बिर्से । यसरी पाणिनिलाई विजयी घोषित गरियो ।

वररुचिको व्याकरण ऐन्द्र व्याकरण थियो । उनी आफ्नो विद्वताका साथ पाणिनिसँग पुनः शास्त्रार्थ गर्न सक्तथे । तर अब आफ्नो सारा विद्या बिर्सेपछि, वररुचि हताश निराश र पराजित अनुभव गर्न थाले । अब उनी पुनः नष्टविद्या मूर्ख वररुचि थिए । यस्तो पीडामा भित्रभित्रै सातदिन जति घोरिएपछि उपकोशा चिन्तित भइन् । उनी पतिको भरमग्दुर सेवा गथिन् । सोध्थिन्–“हजुरलाई के पीडा छ ? म केही सहायता गर्न सक्छु कि ?”

वररुचि एउटा फिक्का मुस्कान मुखमा ल्याएर भन्थे–“तिमीजस्तो पतिव्रता पाएर त म धन्य भएको छु ।” एकदिन त भनिदिइन, आँसु झार्दै– “कतै हजुरको पीडाको मुख्य कारण नै म त होइन ?” वररुचिले उपकोशाको आँसु पुछिदिए भने ती यी आफ्नो मनमा त्यस्तो भावना कहिल्यै नल्याउनु । म तिमीलाई औधि माया गर्दछु । तिम्रो शंका–निवारण खातिर म तिमीलाई आफ्नो पीडा बताउँछु । सोच त, म एक विद्वान व्यक्ति अहिले सम्पूर्ण विद्या नष्ट भएर एक मुखमा परिणत भएको छ, त्यो पीडा तिमी पनि बुझ्न सक्छ्यांै, किनभने, तिमी पनि एक विद्वानको पत्री हो ।” उपकोशाले भनिन्– “यसको निवारण छैन त ?” –“छ वररुचिले भने, तर त्यसमा मलाई तिम्रो साथ चाहिन्छ ।” –“म हजुरप्रति सदा समर्पित छु । जे आस हुन्छ त्यो मन–वचन–कर्मले पूरा गर्नेछु ।” केही समय बियोग भयो भने नि ?” “हजुरको सिच्दिका लागि म जस्तोसुकै वियोगको घडीलाई पनि व्रतसमान मानेर कठोर पालना गर्नेछु । हजुर निष्कलंक हुनुहोस् । उपकोशाको यस्तो विदुषी वचन सुनेपछि आश्वस्त भएका वररुचि उपकोशा आफ्नो योजनाबारे सल्लाह गर्न थाले । त्यो योजना यद्यपि एक नवविवाहितका लागि प्रसन्नतापूर्ण थिएन तर उपकोशा वररुचिको प्रस्तावको कार्यान्वयन पक्षलाई उज्यालो मुखले सुनिरहिन् । उनको मनमा एक प्रणले जन्म लिइसकेको थियो, पतिको सम्मान फर्काउनका लागि जस्तो बलिदान पनि गर्ने । भोलिपल्ट उठ्दा दुवैको मन हलुको थियो । एकदुई दिन तै पनि सामान्य बिते ।

एक दिन वररुचिले केही धन जम्मा गरेका थिए । त्यो धन एकमुष्ट हिरण्यगुप्त भन्ने एक परिचित व्यापारीलाई जम्मा गरिदिन भने– हेर हेर, हिरण्यगुप्त म तिमीलाई व्यापारी मात्र होइन, आफ्ना मित्र पनि ठान्दछु । त्यही विश्वासका भरमा यो धन तिमीकहाँ राख्दैछु । मेरो अनुपस्थितिमा, मेरो पत्नी उपकोशालाई आफ्नो जीवन धान्न धनको अभाव कहिल्यै नहोस् भन्ने चाहन्छु । के म तिमीलाई त्यति विश्वास गर्न सक्छु ।” हिरण्यगुप्तले भने– मित्र, म सबै जान्दछु । म पनि एक मानव हुँ । मेरो पनि परिवार छ तिनकै शपथ लिएर भन्छु, तपाईं ढुक्क भएर जहाँ जानु छ, जानुहोस् उपकोशालाई आर्थिक अभाव कहिल्यै हुन दिने छैन, यो मेरो प्रण नै भयो मित्र ।

वास्तवमा त आफ्नो पराजयले उनी अत्यन्त बैराग्वय अनुभव गर्दै थिए । तर उपकोशाको बन्दोबस्त गर्नु थियो । त्यो गरेपछि निश्चिन्त भएका वररुचि, बेलकी घर फर्के र उपकोशासँग आगामी जीवनबारे सरसल्लाह गर्न थाले । उपकोशा एक प्रतिब्रता स्त्री थिइन् । आफ्नो पतिको सुख र सफलताका लागि उनी जुनसुकै त्याग गर्दा तत्पर थिइन् । धेरै रातसम्म कुरा गरेपछि दुवै निदाए । भोलिपल्ट सधैंको बानीअनुसार उनी सखारै उठेर पतितर्फ हेर्छिन् त उनी छैनन् । उपकोशा पतिको स्थान ओछ्यानमा खाली देखेपछि, मुसुक्क हाँसिन् र आफ्नो दैनिक कार्य गर्न थालिन् । पतिलाई नदेख्दा पनि एक पतिव्रता स्त्री उपकोशा, किन हाँसिन् ? यसलाई अहिले अनुत्तरित नै रहन दिऊँ ।