काठमाडौ । आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल आउने भएका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।
बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।
भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति जगदीप धनकडसँग भेटवार्ता गरेका थिए । उनले मध्य प्रदेशको भ्रमणसमेत गरेका थिए । प्रचण्ड साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
प्रतिक्रिया