देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

देशान्तर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।

काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् । उनका अनुसार उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त वृद्ध भत्ता परिचयपत्र वा कर्मचारी परिचयपत्र वा वडा कार्यालयको सिफारिसपत्र अनिवार्य गरिएको छ ।