देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेटमा स्वतन्त्र रेडियोलाई बेवास्ता गरिएकोमा आपत्ति

देशान्तर

सरकारले नयाँ बजेटमा नेपालका स्वतन्त्र रेडियोलाई सम्बोधन नगरेकोमा विरोध भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले हिजो प्रस्तुत गर्नुभएको बजेटमा स्वतन्त्र रेडियोलाई नसमेटेपछि स्वतन्त्र रेडियो प्रसारकहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब र ब्रोडकास्टीङ एशोसिएसन अफ नेपाल बानले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई छुट्टाछुट्टै भेटेर ध्यानाकर्षण गराएका छन् ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित लिखित रूपमा ध्यानाकर्षण गराइएको र सरकारले स्वतन्त्र रेडियोलाई बेवास्ता गरे आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी दिइएको बताउनुभयो ।

No description available.

अकोराबका अध्यक्ष अर्जुन गिरी र बानका अध्यक्ष कुमार भट्टराईले आजै संयुक्त विज्ञप्ति निकालेर आगामी आर्थिक वर्षको बजेटमा रेडियोहरूको नवीकरण तथा रोयल्टी शुल्कमा छुट गर्न, नवीकरण, करलगायतमा अन्य संस्थासरह नियमानुसार राजस्व तिरिरहेका स्वतन्त्र रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहाको लागि नीतिगत व्यवस्था गरी दोहोरो–तेहेरो कर असुली अन्त्य गर्नुपर्ने लगायत माग पनि गर्नुभएको छ ।

भेटमा अर्थ मन्त्री डा. महत र सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।