देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम विजयी

देशान्तर

काठमाडौं । मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम विजयी भएको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टिमलाई ७ विकेटले हरायो। मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७.३ ओभरमा पार ग¥यो। नेपालका लागि ओपनरद्वय कविता कुँवरले २६ रन र सीता राना मगरले २३ रन जोडे।

विन्दू रावल १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्रीले नटआउट २९ रन जोडिन्। रुबिनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। त्यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९७ रन जोड्यो। उसका लागि एनि दुराइसिंघम र वान जुलियाले २०–२० रन जोडे। मास एलियाले २८ रन जोडिन्। बलिङमा नेपालकी रुबिनाले २ विकेट लिँदा कविता कुँवर र इन्दू बर्माले १–१ विकेट लिए। नेपालको जितसँगै पाँच खेलको सिरिजमा १–१ को बराबरी भएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिमले नेपाललाई ५ विकेटले हराएको थियो।