देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिव पलाँसको ‘साहुकी छोरी’

देशान्तर

काठमाडौंं । प्राय गम्भीर र बियोगान्त गीत गजलहरुमा कलम चलाउने शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । यसपटक भने उनले लोकपप शैलीको रमाइलो युगल गीत ‘साहुकी छोरी’ बजारमा ल्याएका छन् ।

एस डी योगीको संगीत , रिकेश गुरुङको संगीत संयोजन तथा रचना रिमाल र ईश्वर पोखरेल अबिरलको आवाजमा सजिएको यो गीतले वल्लो पल्लो गाउँका युवा युवतीको प्रेमकथा अभिब्यक्त गरेको छ । मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा कमल सिङ , ललना चिमरिया , प्रकाश घिमिरे लगाएतका कलाकारको अभिनय रहेको छ ।

गीतले श्रोता दर्शकको मन जितिरहेको छ । कास्कीको माटोमा हुर्किएका पलाँसको साहित्यीक चेत गहिरो छ । बेला बेला गीत संगीत र साहित्यका गतिबिधि बारे खरो टिप्पणी गर्ने गीतकार पलाँस दुई दशकदेखि निरन्तर साहित्य साधना र गीति लेखनमा सक्रिय छन् ।