देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय सुनुवाइ समिति गठन

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली पारित गरेसँगै संसदीय सुनुवाइ समिति गठन भएको छ ।
आइतबार नै यसअघि बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले आइतबार नै संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गरेको थियो ।
नियमावली पारित भएर सांसदहरूले नै प्राप्त नगर्दै समिति गठन गरिएको भन्दै नेमकीपा सांसद प्रेम सुवालले नियमापत्ति गरेका थिए । सभामुखले भने त्यसप्रति ध्यानाकर्षण भएको भन्दै प्रक्रिया अघि बढाएका थिए । समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (एमाले) का तर्फबाट पदम गिरी, महेश बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम सदस्य छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का तर्फबाट जनार्दन शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट पशुपति शम्शेर जबरा जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य रहेका छन् ।

साना पार्टीहरुको संसदीय सुनुवाइ समितिमा प्रतिनिधित्व गराइएको छैन । १५ सदस्यीय समितिका लागि राष्ट्रियसभाले यस अघिनै नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा (एमाले)का देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्माको नाम सिफारिस गरिसकेको छ ।