देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

देशान्तर

काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माका अनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भोलि (सोमबार) चौधरीलाई आममाफी हुनेछ ।

यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ७ जना प्रहरीसहित १ जना दूधे बालकको ज्यान गएको थियो ।

टीकापुर घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए।

गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीको पार्टी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ ।