देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न, अन्य प्रदेशमा पनि आयोजना हुँदै

देशान्तर

सुर्खेत । राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा आयोजना हुने नागरिक एप सम्बन्धि साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि कर्णाली प्रदेशको जुम्लाबाट सुरू गरेको थियो भने शुक्रबार सुर्खेतमा सञ्चालन भएको थियो । अब जेठ १४ गते घनगढी र जेठ १५ गते नेपालगञ्जमा आयोजना हुँदैछ ।

कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ । नागरिक एपमा उपलब्ध सेवाहरुको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिदै छ । डिजिटल साक्षरतालाई जोड दिदै कार्यक्रमहरु संचालन हुने जनाइएको छ ।

नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरु सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरु उपलब्ध छन् ।

एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रले जानकारी दिएको छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।

यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।