देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढिला भइसक्यो अब त उठ


कर्मचारी भर्नादेखि वृत्ति विकाससम्म,

सेवा प्रवाहदेखि नीति निर्माणसम्म,

बजेट विनियोजनदेखि द्वन्द्व व्यवस्थापनसम्म,

बिनाकानुन, बिनाकार्यविधि केवल निर्देशनका आधारमा,

कार्यान्वयन प्रक्रिया अघि बढाउने प्रचलन हावी छ यहाँ ।

सबै शासकलाई जति सक्यो छिटो, आफ्नै व्यवस्थापन गर्नु छ यहाँ,

जनता र पेशाकर्मी राजनीतिका नाममा ठगिएका छन् यहाँ,

ठूलालाई चैन र सानालाई ऐन छ यहाँ,

त्यसैले धन, शरीर र सत्ताको शक्ति हुनेहरूकै बोलवाला छ यहाँ,

निमुखा, पहुँच नहुनेहरू विस्थापन हुँदै छन् यहाँ ।

अब धेरै ढिला हुन लागिसक्यो,

उठ, सब उठ, एक भएर उठ, पेशाकर्मीहरूको हक र हितका लागि उठ,

संविधान र कानुनले दिएका अधिकारको रक्षाका निम्ति उठ,

राष्ट्रिय र अन्तराष्ट्रिय कानुनले दिएका हकको कार्यान्वयनका लागि उठ,

आफ्ना पीडा र वेदनालाई शक्तिमा बदलेर उठ,

आफ्ना लागि आफैँ उठ,

अन्यथा ढिला हुनेछ,

एक/ एक गरी खोसिनेछन् पेशाकर्मीका सबै अधिकार,

बिलाउनेछन् चेतनाका दियो बाल्नेहरू,

त्यसैले उठ, अब ढिला नगरी उठ ।

देवकोटा, सीटीईभीटी कर्मचारी संघ निवर्तमान महासचिव एवं
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, राष्ट्रिय उपाध्यक्ष हुन् ।