देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘म्याकबेथ म्यासाकर’मा जेएलसन अधिकारी दोहोरो भुमिकामा

देशान्तर

काठमाडौं । मण्डला नाटक घरमा विलियम सेक्सपियरको ‘म्याकबेथ’ माथि बनेको नाटक ‘म्याकबेथ म्यासाकर’ ओपरा सङ्गीत सहित मञ्चन भइरहेको छ । वान वल्र्ड थिएटरकी संस्थापक डेब्रा मेरोलाले निर्देशन गरेको यो नाटक जेठ ५ गते बाट मञ्चन भैरहेको हो । नाटक आज आइतबार सम्म मञ्चन हुने हुनेछ । २ घण्टा ४५ मिनेट लामो नाटकमा संगीतको प्रयाृेगका लागि अमेरिकाबाट ओपेराकै सङ्गीतकर्मीहरू आएका छन् ।
अङ्ग्रेजी भाषाको यो नाटकमा विदेशीसँगै नेपाली कलाकार जेएलसन अधिकारी , राजकुमार पुडासैनी, सजक राणा, शिशिर सिवाकोटी, पशुपति राई, सरोज अर्याल, विजय आनन्द ताम्राकार, आशान्त शर्मा आदिले अभिनय गरेका छन् । जेएलसन अधिकारी ओस्कार कलेजका ब्याचलर हुन् । यस अघि पनि नेपाली र अंग्रेजी भाषाका नाटकमा अभिनय गरेका जेएलसनले केहि बिज्ञापन, म्यूजिक भिडियो संगै सर्ट मुभिमा अभिनय गरेका छन् । जेएलसन अभिनित फ्रान्सेली निर्माता तथा निर्देशक आन्ना डूलुसले निर्माण र निर्देशन गरेको सुन पानी नामक सर्ट मुभि प्रदर्शनको तयारीमा छ ।

‘म्याकबेथ म्यासाकर’ नाटकमा कलाकार जेएलसन अधिकारी ‘फस्ट विच ’ र ‘फस्ट मर्डरर ’ गरि दुई भुमिकामा अभिनय गरेका छन् भने पुडासैनी म्याकबेथ र कलाकार एन्डी डेभिस म्याकबेथ पत्नीका रूपमा प्रस्तुत भएकी छिन् ।
नाटकमा सामाजिक र राजनैतिक घटनाक्रम सत्ताका लागि गरिने खिचातानी र त्यसले मानिसमा पार्ने प्रभाव देखाइएको छ । जुन नेपाली समाजसँग पनि मिल्दो रहेको छ ।