देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभा भलिबलः भारतलाई पराजय गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रदै

देशान्तर

काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।

अहिलेसम्म भारतलाई हराउन नसकेको नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेवाट हुने खेलमा समुह बिजेताका लागि पुरै मेहनत गर्नेछ ।

यसअघि सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जुन खेलमा पहिलो दुई सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाए सँगै रजत पदकमा सीमित हुन परेकाे थियाे । अहिले पुनः नेपाल भारतसँग भिडनका लागि तयारी अवस्थामा रहेको हो  ।

समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरेका टोली हो । त्यसैले यी दुई टोली तेस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा आज एक आपसमा प्रतिस्पर्धामा देखिने छन् । ।

आजै हुने समूह बीको अर्को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका टोली हुन ।