काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एकरएक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका हुन् ।
कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् ।दाङ-२ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरि बिजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए ।
त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।
नियुक्त तीन मन्त्री तथा मुख्य न्यायाधिवक्तालाई आजै साँझ ४ बजे शपथ ग्रहण गराइने तयारी भएको छ ।
मुख्यमन्त्री चौधरीले मुख्यन्यायाधिवक्तामा डा बुद्धबहादुर थापा क्षेत्रीलाई नियुक्त गरेका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी डा थापा वरिष्ठ अधिवक्ता हुन् । नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष बनिसकेका थापाले लामो समय बुटवल बहुमुखी क्याम्पसमा राजनीति शास्त्र अध्यापन गरेका थिए ।
प्रतिक्रिया