देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै

देशान्तर

काठमाडौं । सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ ।आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवाद हुने भएको हो ।

डिजिटल गण्डकी संवादमा प्रदेशको डिजिटल क्षमता र अवस्था बारे वृहत छलफल हुनेछ । संवादमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, पोखरा महानगरपालिकाका मेयर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ ।कार्यक्रममा गभर्मेन्ट आर्किटेक्ट विज्ञ विवेक राणा, प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई-गभर्नेन्स विज्ञ विज्ञान सत्याल र नेपाल दूरसञ्चार प्राधिकरणले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यान डिसकसन सेसन समेत हुने जनाइएको छ । यार्सा टेकका संस्थापक एनजे सुवेदी, फोनपेका सीईओ दिवस सापकोटा, प्रदेश मन्त्रालयका सचिव, मेयर र सरोकारवालाहरूबीच प्यानल सेसन हुनेछ । यसअघि कोशी, मधेश, बागमती, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा डिजिटल संवाद सफलतापूर्वक सम्पन्न भइसकेको छ । सोमबार पोखरामा डिजिटल गण्डकी संवादसँगै विशेष कार्यक्रमसहित डिजिटल प्रदेश संवादको समापन गरिनेछ । सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।

त्यसपछि ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि www.digitalsamvad.org हेर्न सकिनेछ । संवादमा निःशुल्क सहभागी हुने सकिने छ ।