देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिने यूवा सम्मेलन

देशान्तर

काठमाडौं । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखीममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्धेश्यले गत शुक्रवार देखि राजधानीमा शुरु भएको ३ दिने अन्र्तराष्ट्रिय सम्मेलन आज सकिदै छ । सम्मेलनमा विश्वका १४ देशका १०० यूवाहरुको सहभागिता थियो ।

सम्मेलनको मुख्य बिषय हिमालय क्षेत्रमा जलवायु उत्थानशिलता, सबैको लागि भलाई’ रहेको थियो । ग्लोबल सेपर्स कम्यूनिटी काठमाडौ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा भएको यो सम्मेलनको दौरानमा सहभागीहरुले जलवायु उत्थानशिलताका लागि नविनतम र अन्यत्र लागु गर्न सक्ने समाधानका उपायहरुको वारेमा छलफल भएको थियो ।

यो बर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले सेप साउथ एसिया २०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरुमा आयोजना भएका थिए । सम्मेलनको दौरानमा सिएनआई, नेपाल चेम्वर अफ कमर्श जस्ता नीजि क्षेत्रका प्रतिनिधिमुलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिवद्धता व्यक्त गरेका छन् । यो सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभले एक्जियाटा समुहको वृहत रणनीतिक खाका अन्र्तगतको वातावरणिय, समामाजिक तथा सुशासन नीति अनुसार दिर्घकालनीन महत्वको योजनामा समर्थन जनाए । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशिलताका लागि अपासी सहकार्यको विकास गर्ने बिश्वास लिइएको छ ।

सम्मेलनको आयोजना गर्नुअघि आयोजकहरुले वृक्षारोपण अभियान अन्तर्गत तराई क्षेत्र सहित देशका विभिन्न स्थानमा २२ सय वोटविरुवा वृक्षारोपण गरेका थिए ।