काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् भने पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
प्रतिक्रिया