काठमाडौ । कोशी प्रदेशमा नेपाली कांग्रेसले केन्द्रीय सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई तत्काल सरकारबाट बाहिरिन आग्रह गरेको छ।बिहीबार विराटनगरमा बसेको कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले नयाँ सरकार बनाउनका लागि माओवादी र जसपालाई अहिलेको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो ।
कांग्रेसका प्रदेश सांसद भीम पराजुलीका अनुसार माओवादी र जसपा नयाँ सरकार बन्ने ग्यारेन्टी नभएसम्म अहिलेकै सरकारमा बसिरहने मनस्थितिमा भएकाले उनीहरूलाई पहिला सरकार छोड्न भनिएको हो । कोशीमा अहिले नेकपा (एमाले) का हिक्मत कार्की मुख्यमन्त्री छन्। उनको सरकारमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक सबै दल सहभागी छन्।
प्रतिक्रिया