काठमाडौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको कांग्रेस शहर केन्द्रित भएको र पहिलाको कांग्रेस गाउँ केन्द्रित रहेको टिप्पणी गरेका छन्।
बुधबार प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले गिरिजाप्रसाद कोइरालाहरू गाउँ केन्द्रित भएर जिल्ला जिल्लामा जाने गरेको र आफूहरुलाई खटाउने गरेको स्मरण गरे । अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेको तर कांग्रेस शहरमै अलमलिएको यादवको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् ।समाजको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए ।
दोषीलाई कारबाही हुनैपर्ने बताउँदै उनले मुछिएपछि बालकृष्ण खाँणलाई निलम्बन गरेर जानुपर्ने बताए । कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्ने बताए ।अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।
यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने बताए ।
कुनै पदमा बसेको मान्छे प्रहरी, अदालत निजामती कर्मचारी कहिँपनि छ भने अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले पनि निलम्बन गर्नुपर्ने थापाको भनाई थियो ।थापाले गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने भन्दै पार्टीमा भएको व्यक्ति भ्रष्टाचार हुनसक्ने तर पार्टी भ्रष्टाचारी नहुने बताउनु भयो । थापाले पार्टीमा कसैलाई दाग लागे त्यसलाई निकालेर फ्याँकेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने बताए ।
समाजले पछिल्लो नक्कली भुटानी प्रकरण राज्यद्रोहका स्तरमा भएको भन्दै यस प्रकररणमा जोडिएका जोकोहि माथिबिना मोलाहिजा निर्मम ढंगले कारबाहि गर्न सरकार र सम्बन्धित निकाय संग जोडदार माग गरेको छ । समाजका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले समाजको कुनै दलगत आबद्धता नरहेको प्रष्टयाए । कतिपयले कांग्रेसको शुभेक्छुक संस्थाका रुपमा समाजलाई लिने गरेको भन्दै केसीले समाज बिशुद्ध लोकतन्त्र,मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध संस्था भएको स्पष्ट पारे ।
२०५२ सालमा स्थापना भएको संस्थाले २०७२ सालदेखि प्रत्येक बर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्दा सम्मानबाट यो वर्ष डाक्टर सुरेश मल्ललाई सम्मानित गरेको छ । भोलिसम्म चल्ने देशभरका तीनसय बढि प्रतिनिधिको सहभागिता रहकोे राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ
प्रतिक्रिया