देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति :सांसद पद बाट निलम्बनमा

देशान्तर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो ।रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणलगायत १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । यसैबीच नेकपा एमालेका सांसद रायमाझी निलम्बनमा परेका छन् ।
रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले रायमाझीको निलम्बन सम्बन्धी सूचना जारी बैठकमा जानकारी गराएका छन् । रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।