देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

घटनामा आफ्नो संलग्नता नरहेको खाँणको दाबी

देशान्तर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

आज सरकारी वकिलको कार्यालयबाट निस्कने क्रममा उनलाई सञ्चारकर्मीहरुले केही भन्न चाहनुहुन्छ भनि सोधेका थिए । त्यसको जवाफमा खाणले ‘यसमा आफनो संलग्नता नभएको दबी गर्नु भएको थियो ।
यसैबीच काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला सरकारी वकीलको प्रस्तावबमोजिम नै अनुसन्धानका लागि ४ दिन म्याद थपिएको हो । उता पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको बताइएको छ ।
प्राप्त जानकारीअनुसार रायमाझी भारतमा रहेको आशंका गरिएको छ । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको हो ।