देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

देशान्तर

काठमाडौ। नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।