देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृतक संख्या घटेसंगै कोरोना संक्रमितको संख्यामा पनि कमि, २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि

२७ जना संक्रमित संक्रमणमुक्त, १ हजार ९ सय ३१ जनाको नमूना परीक्षण

देशान्तर

काठमाडौं । पछिल्लो समय दिनप्रतिदिन कोरोाना महामारी घट्दो क्रममा छ । मृतक संख्य घटेसंगै कोरोना संक्रमितको संख्यामा पनि कमि आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने मृत्यु शुन्य छ ।

१ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय १६ जनाको पीसीआर र १ हजार २ सय १५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

आज २७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन भने १ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।