देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशको पुनः नामाकरणको माग राख्दै संयुक्त संघर्ष समितिद्धारा आन्दोलनको कार्यक्रमहरु घोषणा

देशान्तर

काठमाडौं । कोशी प्रदेश नाम खारेजी र पुनः नामाकरणको माग गर्दै आन्दोलित भइरहेको आन्दोलनको कार्यक्रमहरु घोषणा गरिएको छ ।

पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रमहरुमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शिर्ष नेताहरुका विरुद्धमा बिरोध जारी रहेको भूमिमा उनीहरुलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ ।

बैैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ ।

त्यसैगरी बैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरुका शिर्ष नेता हिँड्ने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताउनुभयो ।

नेताहरुलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरुलाई अनुरोध गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

बैशाख २८ गतेदेखि जिल्लाहरुमा कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ ।

आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रीत विशाल जनप्रदर्शनको तयारी भएको छ ।