देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भैरहवाबाट उडेको श्री एयरको जहाज रनवेमा फर्कियो, यतिको जहाज ल्यान्ड हुन नसकेर फकियो काठमाडौं

देशान्तर

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि भैरहवामै फर्किएको छ ।

आज बिहान ९.४० मा चालक दलसहित ८१ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको ९ एनए एनई जहाज उडेको १० मिनेटमै फर्किएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।

श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरको इन्डिकेसनमा समस्या देखिएपछि भैरहवा नै फर्काएर अवतरण गराइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले जानकारी दिनुभयो ।

भैरहवादेखि उडेको केही समयमै फर्काएर उक्त जहाजलाई सकुशल अवतरण गराइएको रावतले जानकारी दिनुभएको छ ।

जहाजलाई आकस्मिक अवतरण गराइएकाले केही समय रन वे अवरूद्ध भएको भए पनि अहिले रनवे खाली गर्राको छ ।

आकस्मिक अवतरण गरेको जहाज केही समय रनवेमै रहँदा काठमाडौंबाट आएको यति एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।

अहिले भने विमानस्थलको सबै अवस्था सामान्य भएको र जहाजहरूको नियमित उडान र अवतरण सुरू भएको उहाँले जानकारी दिनुभएको छ ।