देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली शरणार्थी प्रकरणमा ‘लहरो तान्दा पहरो गर्जिंदैְ

शक्तिशाली पार्टीका उच्च नेताहरूको संलग्नता


काठमाडौं । साधारण रूपमा लिइएको नक्कली भुटानी शरणार्थी प्रकरण खोतलि“दै जा“दा मुलुककै सबैभन्दा ठूलो ठगी र भ्रष्टाचार काण्डको रूप लि“दैछ । यसमा नेपालका दुई शक्तिशाली पार्टीहरू नेपाली कांग्रेस र नेकपा एमालेका उच्च पदस्थ नेताहरूको संलग्नता पुष्टि हु“दै जा“दा अब यो कारबाही तुहिने पो हो कि भनेर सर्वत्र प्रश्न उठ्न थालेको छ । यद्यपि, सबै काण्डमा संलग्न आफ्ना कार्यकर्तालाई दिलोज्यान दिएर बचाउन लागिपर्ने पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली यस प्रकरणमा पनि खुलेरै ओत दिन लागे पनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो र ऐतिहासिक दल नेपाली कांग्रेस र तिनका शीर्षस्थ नेताले अहिलेसम्म मुख खोलेका छैनन् । बरु शुक्रबार सम्पन्न पदाधिकारी बैठकले सरकारी छानबिन र अनुसन्धानलाई सहयोग गर्ने निर्णय गरेर यो कारबाही प्रक्रियालाई साथ दिने तेवर देखाएको पुष्टि हुन्छ । यसअघि व्यक्ति हत्याकाण्डमा आरोपित तत्कालीन सांसद मोहम्मद आफताव आलामको पक्षमा खुल्दाखेरिको सार्वजनिक घाटाबाट कांग्रेस चेतेको हो कि भन्ने बुझिन्छ ।

गुण्डा, तस्करी र व्यक्ति हत्याको आरोप लागेका व्यक्तिलाई समेत बारम्बार संरक्षण गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष ओली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा सञ्चालन गर्ने गिरोहका नाइके र सो गिरोहका मतियारहरूलाई पनि संरक्षण गर्न अग्रसर भएपछि उनकै सहमति र समर्थनमा यति ठूलो ठगी धन्दा भएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ, किनभने उनकै मन्त्रिमण्डलका गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री टोपबहादुर रायमाझी सदस्य थिए । यही काण्ड ओलीले सार्वजनिक गर्देलान् भन्ने डरले जनयुद्धमा रगत पसिना बगाएर आफैंले निर्माण गरेको मातृ पार्टी माओवादीसम्म छोडेबाट पनि उनीहरूको संलग्नताको दह्रो पुष्टि हुन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके केशव दुलाल, सानु भण्डारीलगायतको योजनामा सुरु भएको नक्कली शरणार्थी प्रकरणमा ओलीको एमालेकै उपाध्यक्ष रामबहादुर थापा र सचिव टोपबहादुर रायमाझीसहित थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका छोरा प्रतीक, रायमाझीका छोरा सन्दीपसमेतको संलग्नता प्रहरीले पहिचान गरेपछि ओली छट्पटिएका छन् ।

नक्कली शरणार्थी बनाउने गिरोहको लहरो तान्दा पार्टीको पहरो नै थर्किएपछि अहिले ओली उनीहरूलाई जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग हारगुहारमात्रै गरिरहेका छैनन्, राजनीतिक आस्थाका आधारमा आफ्नो पार्टीका मान्छेहरूलाई पक्राउ गर्न खोजिएको भन्दै सार्वजनिक रूपमा नै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव रायमाझीलाई जोगाउन ओली सिंहदरबार नै पुगे र प्रधानमन्त्री दाहालसँग झन्डै डेढ घण्टासम्म गुनासो गरिरहे । दाहालसँगको भेटपछि बाहिरिएका ओलीले त्यसपछि त षड्यन्त्र नै भएको अभिव्यक्ति दिए । यसअघि ओलीले गुन्डा नाइके चरीको संरक्षण गरेका थिए भने हत्या आरोपमा फरार सांसद लक्ष्मी महतो कोइरी पनि उनकै संरक्षणमा रहेको बताइएको छ ।
झन्डै सवा अर्ब ठगी प्रकरणमा मुछिएको गम्भीर आरोप लागेका व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि पक्राउको सूचीमा राखेर खोजी गर्नुलाई षड्यन्त्र ठान्ने ओलीका सामु अन्य विषय त झिनामसिना हुने भइहाले । जस्तोसुकै गम्भीर विषयलाई पनि सामान्य रूपमा लिने ओलीले यति ठूलो ठगी प्रकरणलाई पनि सामान्य रूपमा लिँदै राजनीतिक कलेबर दिन थालेपछि गम्भीर प्रश्न उत्पन्न भएको छ ।
नेपालमै रहेका भुटानी शरणार्थीको अन्तिम छानबिनका लागि गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनको अनुसूचीमा नक्कली शरणार्थीको नाम समावेश गरी प्रतिव्यक्ति १० देखि पचास लाखसम्म असुली गरेको गुनासो बढे

पछि प्रहरीले यसमा अनुसन्धान थालेको हो । अनुसन्धानका क्रममा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई र टंक गुरुङ पक्राउ परेपछि राजनीतिक नेतृत्वको संलग्नताको लहरो खुलेको हो ।
राजनीतिक नेतृत्वसँगै गृह प्रशासनसँग सम्बन्धित उच्च अधिकारीको पनि संलग्नता देखिएको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि राजनीतिक नेतृत्वको संलग्नता भेटिएको हो । सोही आधारमा प्रहरीले टोपबहादुर रायमाझीलाई पक्राउको सूचीमा राखेको हो भने अन्य पूर्वगृहमन्त्री र पूर्व गृहसचिवमाथि पनि प्रहरीको अनुसन्धान अघि बढेको छ । प्रहरीको स्रोतका अनुसार पूर्वगृहमन्त्रीहरू रामबहादुर थापा र बालकृष्ण खाँण पनि यो प्रकरणमा मुछिएका छन् भने पूर्वगृहसचिव महेश्वर न्यौपानेमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । खाँण गृहमन्त्री रहेका बेला पाण्डे गृहसचिव थिए । खाँणले नै पाण्डेलाई गृहमा ल्याएका हुन् । पाण्डेकै बयानका आधारमा प्रहरीले खाँणमाथि पनि अनुसन्धान सुरु गरेको छ । थापाका सुरक्षा सल्लाहकार राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप र थापाका छोरा प्रतीकको नाममा गिरोहले काटेको चेक यसअघि नै सार्वजनिक भइसकेको छ ।

जोगिन एमालेमै
तत्कालीन प्रधानमन्त्री ओलीकै पालामा शरणार्थी छानबिनका लागि सरकारले कार्यदल बनाएको थियो । कार्यदलले तत्कालीन गृहमन्त्री थापालाई प्रतिवेदन बुझाए पनि गिरोहकै जोडबलमा सार्वजनिक गरिएको थिएन । सोही प्रतिवेदनको अनुसूचीमा नक्कली शरणार्थीको नाम र क्रमसंख्या थपेर राखिएको पाइएको छ ।
यो सबै घटनाक्रममा तत्कालीन प्रधानमन्त्री ओली जानकार थिए । ओलीकै सहमतिमा तत्कालीन मन्त्री र उच्च कर्मचारी तहबाट प्रतिवेदनमा नाम थप्ने काम भएको र गिरोहले पैसा उठाउँदै सबैमा भागबन्डाको काम भएको प्रहरीको निष्कर्ष छ ।
कुनै पनि प्रकरणमा मुछिएका पार्टीका नेता, कार्यकर्ता र आफन्तलाई ओलीले संरक्षण गर्छन् भन्ने बुझेका पूर्वमाओवादी रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत नेताहरू एमाले र माओवादी विभाजित हुँदा एमालेमै बसेको उच्च स्रोतबाट थाहा भएको छ । यस प्रकरणमा सुरुदेखिका जानकार ओली त्यसैले अहिले अनुसन्धान प्रभावित पार्न लागेको बुझिएको छ ।
गत बुधबार सभामुखसँगै गृह जिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी भई भैरहवा हुँदै काठमाडौं आउने योजनामा रहेका रायमाझीले भैरहवा काठमाडौं जहाज यात्राको टिकट रद्द गरेर बुटवलबाट गायब भएका छन् । त्यसयता निरन्तर ओलीसहितका पार्टी नेतृत्वसँग सम्पर्कमा रहे पनि प्रहरीले भने भेट्टाउन सकेको छैन । ओलीकै निर्देशनमा उनलाई लुकाइएको अनुमान छ ।


अझै १० जना खोजीको सूचीमा
काठमाडौं प्रहरीले नक्कली शरणार्थीको नाममा भएको ठगीलाई संगठित अपराधमा राखेर अनुसन्धान गरिरहेको छ । धेरै जना संलग्न भएको तथ्यका आधारमा प्रहरीले यसलाई संगठित अपराधमा राखेर अनुसन्धान गरेको हो । अहिलेसम्म यो मुद्दामा ८ जना पक्राउ परिसकेका छन् ।
प्रहरीका अनुसार अझै १० जना व्यक्ति पक्राउको सूचीमा छन् । रायमाझीका नाममा पक्राउ पुर्जी जारी गरिए पनि अन्यको नाममा भने पुर्जी जारी गरिएको छैन । पक्राउ परेकाहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान भइरहेको र पक्राउ गर्नुपर्ने व्यक्तिहरूको सूची तयार पारिएको प्रहरीले जनाएको छ । अब पक्राउ पर्ने व्यक्तिहरू प्रायः राजनीतिक दलका नेता र उच्च कर्मचारी रहेको पनि प्रहरी स्रोतबाट थाहा भएको छ ।