देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आलु खेतीमा कृषकहरूको आकर्षण बढ्दै

देशान्तर

काठमाडौं । बझाङमा दुई दशकदेखि बाँझो रहेको जमिनमा कृषकहरूको आलु खेतीमा आकर्षित बढ्दै गएको छ ।

जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलुजोनले आलुको बीउ उपलब्ध गराएपछि कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन् ।

बाँझो जमिनमा आलु लगाएपछि अहिले हरियाली हुन थालेको छ ।

आलुको बीउसँगै कृषकलाई घेरबार उपलब्ध गराएपछि दुई दशकदेखि बाँझो रहेको जमिनमा आलुखेती सुरु गरिएको छ ।

गहुँ, जौ र फापर लगाउने गरिए पनि पर्याप्त उत्पादन नभएपछि कृषकहरु आलुखेती तर्फ लागेका हुन् ।

राम्रो उब्जनी हुने खेतबारी बाझो हुन थालेपछि कृषकहरुले बजारको सर्वेक्षण गरेपछि आलुखेती गर्न थालेका हुन् ।

आलु जोनले यहाँका कृषकहरुलाई जम्मा गराएर बाँझो जमिनमा आलु उत्पादन गर्नका लागि भन्दै बीउ वितरण गरेपछि उनीहरुले सामूहिक रुपमा आलुखेती गर्न थालेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत यहाँका आधा भन्दा बढी जग्गामा आलुखेती गरिएको छ ।

आलुको बजारीकरणको पनि ब्यवस्था गरिदिएपछि यहाँका कृषक खुशी भएका छन् ।