काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बस्ने भएको छ।
साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभएको हो ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार समर्थन फिर्ता लिएपछिको अवस्था र अन्य विषयमा छलफल हुने बताइएको छ।
लगायत समसामयिक राजनीतिक परिस्थितीसँगै आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुने छ।
आजकै बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समेत छलफल हुने बताइएको छ।
प्रतिक्रिया