देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री भन्नुहुन्छः यो त ट्रेलर मात्रै हो पूरा फिल्म हेर्न बाँकी नै छ

कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिदैन

देशान्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ ।

शनिवार आज काठमाण्डौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउनु भयो ।

उहाँले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताउनु भयो ।

उहाँले अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय, श्रमजीवि जनसमुदाय आफ्नो साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताउनु भयो ।