देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतामा सरकार दृढतापूर्वक अगाडि बढिरहेको छः प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतामा सदैव अगाडि बढिरहेको बताउनुभएको छ ।

किराँतहरूको महान् पर्व उँभौलीको अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ ।

संविधानमा सबै समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्यवन आजको मुख्य दायित्व भएको जनाउनुभएको छ ।

उहाँले जनअधिकार स्थापित गर्ने सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।

कृषि युगमा प्रवेश गरेपश्चात् प्रचलनमा आएको उँभौली पर्व नेपालजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमूलक रहेको उल्लेख गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन्नत मुलुक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले नेपाली चाडपर्व, वेशभूषा, संस्कार–संस्कृतिहरू राष्ट्रिय एकताका हेतुमात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशीलासमेत भएको उहाँको भनाई थियो ।

प्रधानमन्त्री दाहालले उँधौली पर्वले समान अधिकारका साथ सबै वर्ग, जाति, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ ।

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका किराँत समुदायलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।