काठमाडौं । लगातारको वर्षासँगै प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
मौसममा खराबीले आएको कम भिजिविलिटीका कारण विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’ आइएफआर उडान मात्रै भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिरहेका छन् ।मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ ।
ट्रंक रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए ।कोलम्बोबाट काठमाडौँ आएको श्रीलंकन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भएको थियो । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया