देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदैँ

देशान्तर

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने भए पछि  प्रदेशसभको बैठक दिउँसो २ बजे बस्दैछ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ती गरिएको हो । उनले आज संविधानको धारा १६८ ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्ने हुन जान्छ । सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको संख्या ३५ रहेको छ, जसअनुसार कांग्रेसको २७ सिट, माओवादीको ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट रहेको छ ।