देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन् ।

उक्त उपचारबापतको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको थियो ।

गएको आइतबार नेपाल फर्किएका पौडेलको स्वास्थ्योपचार खर्च राज्यकोषबाट हुन नहुने भन्दै चौतर्फी टिप्पणी भएको थियो ।