देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

देशान्तर

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतवार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि अर्थात मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आब्हान गरेका छन् ।

 

नेकपा माओवादी केन्द्रले समर्थनमा नेकपा एमालेका लिलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसके पछि गत बिहिवार ढलेको थियो । सो सरकार ढले पछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ती गर्दै पद तथा गोपनियताको सपथ लिएका थिए ।

 

नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी भने तोकिएको छैन, सबै तीन मन्त्री बिना बिभागीय रहेका छन् । विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।