देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने

देशान्तर

काठमाण्डौ । बुटवल–तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्ड यसअघि गएको चैत २१ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।

सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्नका लागि दिउँसो र राति गरी ९ घण्टा सडक बन्द हुँदै आएको थियो ।

सुरुङमार्ग निर्माणको पूर्व तयारी सकिएकाले दिउँसोको समयमा गाडी चलाउन थालेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला जानकारी दिनुभयो ।