देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिँदै

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार विश्वासको मत लिँदैहुनुहुन्छ ।

शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विभागीय मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिनुभएको हो ।

सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लाग्नुभएको उहाँले जानकारी दिनुभएको हो ।

संविधानले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ ।

प्रदेशसभामा आफूअनुकुलको अंकगणित रहेकाले पनि मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिन लग्नुभएको हो ।

बिहीबार आठ दलका ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभाबाट विश्वास प्राप्त गर्न ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय उत्पादनको पवर्द्धन गर्दै त्यसको बजारीकरण गर्न प्रदेशमा उपलब्ध स्रोतसाधनको उपयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सरकारको कार्यकालभरी प्रदेशभित्र दुई लाख रोजगारी सिर्जना गर्ने, पर्यटकीय प्रदेश निर्माण गर्ने लगायतका महत्वाकांक्षी निर्णय पनि गरेको छ ।

विभागीय मन्त्री पाण्डेका अनुसार प्रदेश सरकार गाउँ–गाउँ र घर–घरमा छ भन्ने अनुभूति दिलाउने गरि काम गर्ने निर्णय भएकोे छ ।