देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा एक सय ११ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

देशान्तर

काठमाडौं । पछिल्लो२४ घण्टामा एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

सो समयमा २५ सय १७ जनाको नमूना परीक्षण गरिएको थियो ।

एक हजार ४० जनाको पीसीआर र १४ सय ७७ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ६० जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ७८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।