देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशमा गिरी मुख्यमन्त्रीबाट मुक्त

देशान्तर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । 

सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत हासिल गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो ।

गिरीले एमालेका ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गर्नुभएको थियो भने माओवादी, कांग्रेस लगायतले विपक्षमा मतदान गरेको थियो ।

बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेको थियो । माओवादी सहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत मागेका थिए ।