देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

देशान्तर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले मूख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत पाउने सम्भावना भने छैन् । लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

 

लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य बहुमतका लागि ४४ मत चाहिन्छ । नेकपा (एमाले) ले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।