काठमाडौं । विराटनगरमा प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा प्रदर्शन हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । उक्त झडपमा लाजेहाङ घाइते लाजेहाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा १० गते मृत्यु भएको थियो ।
लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो। सोही क्रममा झडप भएको हो ।
प्रतिक्रिया