देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगमा पुर्‍याउन प्रतिवद्धः प्रधानमन्त्री दाहाल

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउन प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शनिबार १५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रा सामु भएको पनि उहाँले बताउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता तथा ध्रुवीकरण अभियानमा लामवद्ध हुन समेत उहाँले जारी गर्नुभएको सन्देशमा अपिल गरिएको छ ।

प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन सरकार हालसम्म प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि जारी सन्देशमा भनिएको छ ।