देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पतिको शव बुझ्न काठमाण्डौमा अलपत्र परेकी महिलाको उद्धार

देशान्तर

मलेसियामा निधन भएका पतिको शव बुझ्न काठमाण्डौमा अलपत्र परेकी महिलाको उद्धार गरिएको छ । कैलालीकी एक महिला होटेलको पैसा तिर्न नसक्दा काठमाण्डौ बसपार्ककै एक होटलमा अलपत्र परेकी थिईन् ।

कैलालीको धनगढी हाल धुम्वाराई निवासी नेपाली काँग्रेसकी युवा नेतृ प्रमिला लम्सालले महिलाको होटलको रकम तिरिदिएपछि अलपत्र परेकी महिला घर फर्कन सकेकी छन् । ‘पतिको शव बुझ्न आएकी महिला खर्च अभावले काठमाडौंमा अलपत्र‘ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । चम्पा र उनका जेठाजु बलदेभ टमटालाई शुक्रबार धनगढी पठाइएको छ । पिडित दुबै जनालाई रिभर साईड यातायात प्रालीका अध्यक्ष गणेशराज ओलीले आफ्नो समितिको बस मार्फत धनगढी फिर्ता ल्याएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरौखाका बस्ने चम्फा टमटाका श्रीमान उमेश टमाटा ६ वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनका श्रीमान् फागुन १८ मलेसियामा मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि चम्फाले कैलालीबाट काठमाण्डौ गएर फागुन २४ गते शब बुझेकी थिईन् । मृतक उमेशको शव फागुन २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । विमानस्थलबाट शव बुझेर चम्फाले अन्त्यष्टि गरेकी थिईन् ।

कैलालीबाट ऋण गरेर काठमाण्डौ गएकी चप्पाले श्रीमान्को दाहासंस्कार गरेर उतै काजकृया गरेकी थिईन् । चम्फाका ७ बर्ष र ९ बर्षको दुई छोरा छन् । वैदेशिक रोजगार विभागले शव ब्यवस्थापन खर्च भनेर २५ हजार रुपैया दिएको र त्यो पैसा त्यसैमा खर्च भएकाले चम्फालाई होटेलमा बन्धक जसरी बस्नु परेको थियो । यातना नदिएपनि पैसा नतिर्दासम्म साहुले जान नदिने भएपछि चम्पालाई अप्ठेरो परेको थियो ।

पतिको शव बुझ्न आएकी महिला खर्च अभावले काठमाडौंमा अलपत्र