देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशमा नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ

देशान्तर

काठमाडौं । कर्णाली प्रदेशमा आज नवनियुक्त ४ जना मन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

मुख्यमन्त्री रामप्रसाद शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै ४ जना मन्त्री थप्नु भएको हो ।

मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र नेकपा माओवादीबाट यसअघि भौतिक पूर्वाधार, ऊर्जा राज्यमन्त्री हुनुभएकी उर्मिला विश्वकर्माले प्रदेश प्रमुख तिलक परियार समक्ष मन्त्री पदको शपथ ग्रहण लिनुभएको हो ।

नवनियुक्त मन्त्रीले शपथ लिएसँगै प्रदेशको सबै भन्दा ठूलो दल कांग्रेस सरकारमा सहभागी भएको छ ।

कांग्रेस पार्टी केन्द्रको आन्तरिक विवादका कारण बुधबार रोकिएको कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार आज भएको छ ।