देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगियो

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । पेटमा देखिएको इन्फेक्सन ठिक नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको हो ।

मंगलबार बेलुकी मात्र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्लीको एम्स अस्पताल लगिएको हो ।

राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।

इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।