देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली सरकारमा कांग्रेसको प्रवेश, आज तीन मन्त्रीले सपथ लिने

देशान्तर

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

 

केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।

 

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।
कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् ।

 

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन्  ।